GBIA is expected to serve 760,000 passengers by 2030, including 280,000 visitors to Lumbini.
“The airport will help revive the country’s tourism industry that has suffered due to the COVID-19 pandemic,” says C. P. Shrestha, President of the Regional Siddhartha Hotel Association. “At least 2,000 hotel rooms are coming up in this region itself. People are investing in five- and four-star hotels because they know air connectivity is crucial to bring in tourists.”
Mayor Adhikari adds: “Export diversification of high-value low volume agro-products via air will be feasible once GBIA comes into operation. This airport could therefore improve Nepal’s trade with other countries in South Asia.”
पर्यटन, व्यापार र अर्थतन्त्रको विस्तार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०३० सम्म ७६०,००० यात्रुलाई सेवा दिने अपेक्षा गरिएको छ, जसमध्ये २८०,००० ले लुम्बिनी भ्रमण गर्ने अनुमान छ ।
‘यस विमानस्थलले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन उद्योगको पुनर्बहालीमा मद्दत गर्नेछ,’ क्षेत्रीय सिद्धार्थ होटल संघका अध्यक्ष सीपी श्रेष्ठले भन्नुभयो, ‘यस क्षेत्रमा कम्तीमा २,००० होटल कोठाहरू थपिदैंछन् । हवाई सम्पर्क पर्यटक आवागमनका लागि महत्वपूर्ण हुन्छ भन्ने बुझेका लगानीकर्ताले चार–तारे र पाँच–तारे होटलमा लगानी बढाउँदैछन् ।’
त्यस्तै, मेयर अधिकारीले थप्नुभयो, ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हवाई सेवाका माध्यमबाट कम परिमाण तर उच्च मूल्यमा आधारित कृषि वस्तुको निर्यात विविधकरण सम्भव हुनेछ । यसकारण विमानस्थलले दक्षिण एसियाली देशहरूसँग नेपालको व्यापार वृद्धि गर्नेछ ।’