Fifty years ago, Nepal was virtually in darkness, with an electrification rate of about 2%. Most households relied on kerosene wick lamps, and industrial activities were limited.
Half a century later, Nepal has undergone a remarkable transformation. Now, over 95% of households have access to electricity. This substantial rise in electrification has significantly improved the lives of Nepalis, driving economic, social, and technological progress across the nation.
५० वर्ष अघि नेपाल लगभग अँध्यारोमा थियो, विद्युतीकरण दर केबल दुई प्रतिशतमात्र थियो ।धेरैजसो घरपरिवार मट्टीतेलको प्रयोगबाट बालिने टुकीबत्तीमा निर्भर थिए भने औद्योगिक गतिविधि सीमित थिए ।
आधा शताब्दीपछि नेपालमा उल्लेखनीय रूपान्तरण भएको छ ।अहिले ९५ प्रतिशतभन्दा धेरै घरपरिवारमा विद्युतको पहुँच पुगेको छ । विद्युतीकरणको व्यापक विस्तारसँगै देशभरी आर्थिक, सामाजिक र प्राविधिक उन्नतिले नेपालीहरूको जीवनमा गुणात्मक सुधार भएको छ ।
विकास मा एक प्रमुख साझेदार
The Asian Development Bank (ADB) takes great pride in its role as a key partner in Nepal’s clean energy transformation. The partnership between ADB and Nepal began in 1972 with funding for a transmission line project. Since then, in collaboration with other development partners, ADB has supported country's hydroelectric power generation, almost half of Nepal's transmission lines, and over one-third of its 33-kV distribution substations. ADB has also supported Nepal’s development of alternative renewable energy sources such as mini-hydro, wind, and solar power, particularly in remote areas of the country.
एसियाली विकास बैंक (एडिबी) नेपालको स्वच्छ ऊर्जा रूपान्तरणको प्रमुख साझेदारको आफ्नो भूमिकालाई गौरवका रूपमा आत्मसात गर्दछ । एडिबी र नेपाल सरकारबीच सन् १९७२ मा प्रसारणलाइन परियोजनामा लगानीमार्फत साझेदारी सुरु भएको हो । त्यसयता, विकास साझेदारहरूसँगको सहकार्यमा एडिबीले मुलुकमा जलविद्युत उत्पादन, आधाजति प्रसारणलाइन र एक तिहाइभन्दा धेरै ३३ केभीका वितरण सबस्टेशनहरू विकासमा सहयोग प्रदान गरेको छ । एडिबीले नेपालमा खासगरी दुर्गम क्षेत्रमा साना जलविद्युत, वायु ऊर्जा तथा सौर्य ऊर्जाजस्ता वैकल्पिक ऊर्जा स्रोत विकासमा पनि सहयोग पुर्याएको छ ।
काली गण्डकी जलविद्युत परियोजना
Located in western Nepal, the 144 MW Kali Gandaki “A” Hydroelectric Project power station is the first hydroelectric project of over 100 MW in Nepal.
The Kali Gandaki “A” Hydroelectric Project contributed 6.6% to Nepal’s total installed capacity in FY2022 and around 10% until FY2021. Nepal has around 6,000 rivers with the technical potential to generate 83GW of electricity, of which 42 GW is considered economically viable.
The project was approved by ADB in July 1996. The Japan Bank for International Cooperation also contributed to this project.
पश्चिम नेपालमा अवस्थित १४४ मेगावाटको यो आयोजना १०० मेगावाटभन्दा बढी क्षमताको पहिलो जलविद्युत आयोजना हो । कालीगण्डकी 'ए' जलविद्युत् आयोजनाले नेपालको कुल विद्युत् आपूर्तिमा आर्थिक वर्ष २०२२ मा ६.६ प्रतिशत र २०२१ मा १० प्रतिशत योगदान गरेको थियो । नेपालमा करिब ६ हजार नदीहरू रहेका छन् भने प्राविधिक रूपमा यसबाट करिब ८३ गिगावाट जलविद्युत् उत्पादन हुने सम्भावना छ, जसमध्ये ४२ गिगावाट विद्युत उत्पादन गर्न आर्थिक रूपमा सम्भाव्य रहेको छ ।
कालीगण्डकी 'ए' जलविद्युत् आयोजना एडिबीबाट सन् १९९६ मा स्वीकृत भएको हो । यस आयोजना निर्माणका लागि द जापान बैंक फर इन्टरनेसल कोअपरेसन समेतको सहयोग रहेको छ ।
दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) पावर सिस्टम एक्स्पान्सन प्रोजेक्ट (ऊर्जा प्रणाली विस्तार परियोजना)
The Kali Gandaki River in Nepal can generate at least 1 GW of electricity. The automated 220-kV Kushma substation in the western district of Parbat will help to evacuate the power generated from hydropower projects in the Kali Gandaki River Basin.
The transmission substation was built with the support of the South Asia Subregional Economic Cooperation (SASEC) Power System Expansion Project approved by ADB in July 2014.
नेपालमा कालीगण्डकी नदीमा कम्तीमा १ गिगावाट विद्युत उत्पादन गर्नसक्छ । पश्चिम नेपालको पर्वत जिल्लामा अवस्थित स्वचालित २२० केभी कुश्मा सबस्टेशनले कालीगण्डकी नदी प्रवाह मार्ग (बेसिन)मा उत्पादन हुने विद्युत निकासका लागि सहयोग पुर्याउनेछ ।
एडिबीद्वारा सन् २०१४ को जुलाई महिनामा स्वीकृत सासेक (दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग) पावर सिस्टम एक्स्पान्सन प्रोजेक्ट (ऊर्जा प्रणाली विस्तार परियोजना) अन्तर्गतको लगानीबाट यो प्रसारण सबस्टेशन निर्माण गरिएको हो ।
उन्नत प्रसारण प्रणाली
The 208km of 132-kV Butwal-Nepalgunj (Kohalpur) transmission line was built under Fourth Power Project approved by ADB in October 1981. The project was implemented with the objective of strengthening transmission systems in the western and midwestern parts of Nepal and replace the imported supply of electricity with locally produced power.
बुटवल-कोहलपुर २०८ किमी लम्बाइको १३२ केभी प्रसारणलाइन एडिबीद्वारा सन् १९८१ को अक्टुबर महिनामा स्वीकृत चौथो ऊर्जा परियोजना (फोर्थ पावर प्रोजेक्ट) अन्तर्गत निर्माण भएको हो । यो परियोजना नेपालको पश्चिम र मध्यपश्चिम भूभागमा प्रसारण प्रणाली सुदृढीकरणमार्फत आयातीत विद्युतलाई स्थानीयस्तरमै उत्पादित ऊर्जामार्फत प्रतिस्थापित गर्ने उद्देश्यले निर्माण गरिएको हो ।
कृषि उत्पादनलाई ऊर्जा दिदैं
Kailali is one of the biggest vegetable producers of Sudurpaschim Province, but vegetable farming requires a lot of water. Hira Lal Chaudhary, a 24-year-old commercial farmer in Ghodaghodi Municipality in Kailali district, says his income from vegetable farming has gone up significantly since he started using an electric water pump to irrigate the fields.
Ghodaghodi Municipality gets its power supply from the 132-kV Pahalmanpur Substation built through the Electricity Transmission Expansion and Supply Improvement Project approved by ADB in November 2011 and a grant from the Government of Norway. The substation is being automated through the Electricity Grid Modernization Project approved by ADB in November 2020.
कैलाली सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी तरकारी उत्पादन गर्ने जिल्ला हो, तर तरकारी खेतीका लागि धेरै पानी चाहिन्छ । घोडाघोडी नगरपालिकाका व्यावसायिक तरकारी किसान २४ वर्षे हिरालाल चौधरी विद्युतीय पम्पको माध्यमबाट खेती गर्ने जमिनमा सिञ्चाईं गर्न थालेदेखि तरकारी उत्पादन उल्लेख्य बढेको बताउँछन् ।
घोडाघोडी नगरपालिकामा १३२ केभी पहलमानपुर सबस्टेशनबाट विद्युत आपूर्ति भैरहेको छ । यो सबस्टेशन एडिबीद्वारा सन् २०११ नोभेम्बरमा स्वीकृत विद्युत प्रसारण विस्तार तथा आपूर्ति सुधार परियोजना (इलेक्ट्रीसिटी ट्रान्समिसन एक्सपान्सन एन्ड सप्लाई इम्प्रुभमेन्ट प्रोजेक्ट) र नर्वे सरकारको अनुदान सहयोगमा निर्माण गरिएको हो । एडिबीले सन् २०२० मा स्वीकृत गरेको विद्युत आधुनिकीकरण परियोजना (इलेक्ट्रीसिटी ग्रीड मोर्डनाइजेसन प्रोजेक्ट) अन्तर्गत यो सबस्टेशन स्वचालित बनाउने कार्य भैरहेको छ ।
दुर्गम समुदायमा स्वच्छ ऊर्जामार्फत विद्युतीकरण
Small-scale, off-grid power systems, such as the one installed in the village of Thabang in Rolpa, one of the remotest places in Nepal, have effectively provided clean energy to communities in the mountains of Nepal.
Thabang is powered by a 150-kilowatt-peak solar mini-grid plant installed through the South Asia Subregional Economic Cooperation (SASEC) Power System Expansion Project approved by ADB in July 2014 and the Scaling Up Renewable Energy Program of the Climate Investment Fund.
नेपालको सबैभन्दा दुर्गममध्येको एक रोल्पा जिल्लाको थवाङ गाउँमा जडान गरिएको जस्तो सानो क्षमताको अफग्रीड (ग्रीडमा नजोडिएको) ऊर्जा प्रणालीले नेपालको उच्च पहाडी भूभागका समुदायमा प्रभावकारी रूपमा स्वच्छ ऊर्जा आपूर्ति गरेको छ ।
एडिबीद्वारा सन् २०१४ को जुलाई महिनामा स्वीकृत सासेक (दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग) पावर सिस्टम एक्स्पान्सन प्रोजेक्ट (ऊर्जा प्रणाली विस्तार परियोजना) र क्लाइमेट इन्भेष्टमेन्ट फन्डको स्केलिङ अप रिनेवल इनर्जी प्रोग्राम अन्तर्गत थवाङमा १५० किलोवाट सोलार मिनी ग्रीड प्लान्ट जडान गरिएको हो ।
दुर्गम क्षेत्रमा शिक्षामा सहयोग गर्दै
The Shree Rastriya Secondary School in Solta, an isolated village in far west Nepal, operates its information and communications technology laboratory using power generated by the 75 -kilowatt-peak solar mini-grid system.
The solar mini-grid was installed through the South Asia Subregional Economic Cooperation (SASEC) Power System Expansion Project approved by ADB in July 2014 and the Scaling Up Renewable Energy Program of the Climate Investment Fund.
सुदूरपश्चिम नेपालको सोल्टास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय एकान्त गाउँमा छ, यस विद्यालयले ७५ किलोवाट सोलार मिनी ग्रीडबाट उत्पादित विद्युत उपयोग गरी आफ्नो सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला सञ्चालन गरेको छ ।
एडिबीद्वारा सन् २०१४ को जुलाई महिनामा स्वीकृत सासेक (दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग) पावर सिस्टम एक्स्पान्सन प्रोजेक्ट (ऊर्जा प्रणाली विस्तार परियोजना) र क्लाइमेट इन्भेष्टमेन्ट फन्डको स्केलिङ अप रिनेवल इनर्जी प्रोग्राम अन्तर्गत यो सोलार मिनी ग्रीड जडान गरिएको हो ।
लैंगिक समानता र सामाजिक समावेशीता प्रदान गर्दै
Gyan Kumari Shrestha from Kavrepalanchok, in the east of Kathmandu, had almost given up poultry farming after an unknown disease wiped out several hundred of her chicks, inflicting heavy losses. Amid this—and the continued deaths of her chicks—she received training organized under the ADB-supported project, Strengthening the Capacity of the Energy Sector to Deliver Gender Equality and Social Inclusion Results and was motivated to continue her business.
Since July 2021, she has been rearing a local breed of chickens—1,300 of them—which are growing well. She sells chickens and eggs in the local market, as well as in Kathmandu.
काठमाडौँको पूर्वी भूभागमा पर्ने काभ्रेपलाञ्चोक जिल्लाकी ज्ञानकुमारी श्रेष्ठले अज्ञात रोगका कारण सयौँ चल्ला मरेपछि ठूलो घाटा व्यहोर्नुपरेका कारण कुखुरापालन व्यवसाय झन्डै छोडिसकेकी थिइन् । यसैबीच उनले एडिबी सहयोगको स्ट्रेन्थेनिङ द क्यापासिटी अफ द इनर्जी सेक्टर टु डेलिभर जेन्डर इक्वालिटी एन्ड सोसल इन्क्लुजन रिजल्टस् (लैंगिक समानता र सामाजिक समावेशीताको परिणाम हासिल गर्न ऊर्जा क्षेत्रको क्षमता सुदृढीकरण) परियोजनाबाट तालिम प्राप्त गरिन् र आफ्नो व्यवसायलाई निरन्तरता दिन उत्प्रेरित भइन् ।
सन् २०२१ को जुलाइ महिनादेखि उनले स्थानीय जातको चल्ला पालिरहेकी छिन् र यसमध्ये १३०० जति राम्ररी हुर्कीरहेका छन् । उनी स्थानीय बजार र काठमाडौँमा समेत कुखुरा र अण्डा बिक्री गर्छिन् ।
उद्योगलाई ऊर्जा
Yarns and threads made of polyester were on the list of the top five exports of Nepal in fiscal year 2022. Spinning mills that produce these yarns and threads are energy intensive.
This factory in Birgung, central Nepal gets its electricity supply from the Parwanipur Substation, which was reinforced through the Energy Access and Efficiency Improvement Project approved by ADB in November 2009.
पोलिस्टर यार्न र धागो न् २०२२ मा नेपालको पहिलो पाँच प्रमुख निर्यात वस्तुमा सूचीकृत थियो । यार्न र धागो उत्पादन गर्ने यस्ता स्पीनिङ मिल ऊर्जा सघन हुन्छन् ।
नेपालको मध्यभागमा पर्ने वीरगन्जको यो उद्योगमा परवानीपुर सबस्टेशनबाट विद्युत प्राप्त गर्छ । यो सबस्टेशन एडीबीद्वारा सन् २००९ को नोभेम्बरमा स्वीकृत इनर्जी एक्सेस एन्ड इफिसियन्सी इम्प्रुभमेन्ट प्रोजेक्ट (ऊर्जा पहुँच र कुशलता सुधार परियोजना) बाट प्रबलीकरण/सुदृढीकरण गरिएको हो ।
जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्दै
ADB’s ongoing projects, such as the Tanahun Hydropower Project, represent vital steps in Nepal's energy transition. The storage-type project offers more reliable and predictable electricity, addressing Nepal's urgent climate change challenges by controlling floods and mitigating flow variability.
एडिबीका निर्माणाधीन परियोजनाहरू, जस्तै तनहुँ जलविद्युत परियोजनाले नेपालको ऊर्जा संक्रमणमा महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्दछ । जलाशययुक्त यस परियोजनाले बाढी एवं नदी प्रवाहको परिवर्तनशीलतालाई नियन्त्रण गरी नेपालको आकस्मिक जलवायु परिवर्तनको चुनौतीलाई सम्बोधन गर्दै थप विश्वसनीय र अनुमानयोग्य विद्युत आपूर्ति गर्दछ ।
निरन्तर सहयोग
ADB will continue to support the Government of Nepal and partner with other development partners to further strengthen the energy sector and support Nepal's energy transition by promoting clean energy, climate adaptation, and a sustainable business model that attracts diverse investments, including private sector financing.
एडिबीले नेपालमा ऊर्जा क्षेत्रको थप सुदृढीकरण तथा स्वच्छ ऊर्जातर्फको संक्रमणलाई प्रवर्द्धन, जलवायु अनुकुलन, दिगो व्यावसायिक ढाँचा विकासमार्फत निजी क्षेत्रमा लगानी सहितको लगानी विविधताका लागि निरन्तर सहयोग गर्नेछ ।
© 2026 Asian Development Bank